बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बिहीबार अपराह्नदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षासम्म हुनसक्ने सूचना जारी गरेपछि नेपाल प्रहरीले सम्भावित विपद् व्यवस्थापनका लागि उच्च तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका इकाइमा सम्भावित विपद जोखिम आकलन गर्दै समन्वयात्मक रुपमा विपद व्यवस्थापनको तयारीमा रहन निर्देशन दिइएको जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव रहेको छ ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशमा प्रवेश गरी विस्तारै कमजोर हुँदै उत्तर र उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्यभूभाग नजिक आएको र त्यसपछि पूर्वतर्फ सर्दै आज रातिदेखि सक्रिय हुँदै शनिबारसम्म नेपालको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने आज साँझ जारी सूचनामा जनाइएको छ ।

जसले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली भूभागका एक÷दुई स्थानमा मध्यम हिमपातको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातका साथै कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ । ती क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन क्षेत्रमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए। उनले शनिबारसम्म नै असर जारी रहने जानकारी दिए।

सोही सूचनाका आधारमा नेपाल प्रहरीले पनि तयारी गरेको प्रवक्ता घिमिरेले बताउनुभयो । सशस्त्र प्रहरीले पनि आवश्यक तयारी गरेको जनाएको छ । मधेस प्रदेश सरकारले भने आजै उच्च सावधानी अपनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : ५३ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने