वेस्ट इन्डिजले एक खेल अगावै जित्यो बङ्गलादेशविरुद्धको टी–२० सिरिज « Khabarhub

वेस्ट इन्डिजले एक खेल अगावै जित्यो बङ्गलादेशविरुद्धको टी–२० सिरिज


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ढाका – वेस्ट इन्डिजले बङ्गलादेशविरुद्धको दोस्रो टी–२० खेलमा १४ रनको जित निकाल्दै तीन खेलको सिरिज एक खेल अगावै आफ्नो नाममा पारेको छ।

ढाकामा बुधबार सम्पन्न खेलमा पाहुना टोली वेस्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४९ रनको योगफल तयार गरेको थियो। वेस्ट इन्डिजका लागि शाय होपले ३६ बलमा ५५ रन र एलेक अथानाजले ३३ बलमा ५२ रनको योगदान दिए।

बलिङतर्फ बङ्गलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने रिशाद होसैनले २ विकेट र नासुम अहमदले २ विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा घरेलु टोली बङ्गलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रनमा सीमित रह्यो। बङ्गलादेशका तानजिद हसनले ४८ बलमा ६१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

वेस्ट इन्डिजका बलरहरू मध्ये अकेल होसिन र रोमारियो शेफर्डले ३–३ विकेट लिए भने जेसन होल्डरले २ विकेट हात पारे।

यसअघि सिरिजको पहिलो खेलमा पनि वेस्ट इन्डिज १६ रनले विजयी भएको थियो। लगातार दुई जितसँगै वेस्ट इन्डिजले सिरिज २–० ले आफ्नो पक्षमा पक्का गरेको छ। अब बाँकी तेस्रो खेल औपचारिकता मात्र बनेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १० : १५ बजे

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको

आशा भोस्लेलाई सम्झिँदै भारतीय दूतावासले भन्यो, ‘दुई देशबीचको सांस्कृतिक सम्बन्धकी सेतु थिइन्’

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले प्रख्यात गायिका आशा भोस्लेको ९२ वर्षको

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का