समयको मागअनुसार प्रतिनिधि चयन गर्न एमाले सचिव विष्टको आग्रह  « Khabarhub

समयको मागअनुसार प्रतिनिधि चयन गर्न एमाले सचिव विष्टको आग्रह 


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीलाई पुनर्गठन गर्नेगरी प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् ।

एमालेले आज देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गरिरहँदा सचिव विष्टले सामाजिक सञ्जालमार्फत पार्टीलाई  थप गति, ऊर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरी बलियो बनाउनु पर्ने उल्लेख गरेका छन् ।

उनले देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्ने गरी समयको माग, आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।

विष्टले प्रतिनिधि चयनमा जिम्मेवारपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको समेत बताएका छन् ।

एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १० : ११ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको