एमाले महाधिवेशन : आज देशैभरबाट प्रतिनिधि छनोट गरिँदै « Khabarhub

एमाले महाधिवेशन : आज देशैभरबाट प्रतिनिधि छनोट गरिँदै


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका लागि आज देशभरबाट प्रतिनिधि छनोट गर्दैछ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार मंसिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेद्वारी मनोनयन भएको छ । केही निर्वाचन क्षेत्रमा सहमति जुटेको छ भने सहमति नजुटेका क्षेत्रमा आज बिहान ८ बजेदेखि निर्वाचन सुरु भएको छ । यो क्रम दिउँसो २ बजेसम्म रहने छ ।

विभिन्न जिल्लाहरूले अनुकूलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गौतमका अनुसार सङ्घीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरू सहित करिब २ हजार प्रतिनिधि छनौट हुँदैछन् । यस्तै प्रवास, जनसङ्गठन र विभागहरुबाट करिब १ सय प्रतिनिधि छनौट हुनेछन् । एमालेको ११औँ महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिनिधि छनौटका लागि केन्द्रीय सङ्गठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यसअघि नै पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ ।

एमालेको कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति एकहजार दुई सय सदस्य बराबर खुला दुई र महिला एक निर्वाचित गर्नुपर्नेछ । यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्ष भन्दा कम उमेरको युवा अनिवार्य हुनुपर्ने छ ।

यस्तै, प्रति ८ सय सदस्य एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको गौतमले जानकारी दिए । दलितका लागि प्रति पाँच सय सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ ।

यस्तै, ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहने छन्। जनसंगठनबाट प्रतिजनसंगठन पाँच जनाको प्रतिनिधित्व रहनेछ। महासङ्घीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जनाको प्रतिनिधित्व रहनेछ ।

विभाग र कार्यालयबाट एक एक जनाको प्रतिनिधित्व रहनेछ । प्रवासबाट महादेश अनुसार पाँच जनाको प्रतिनिधित्व रहनेछ ।

केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन् । त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन् ।

एमालेको कुल सङ्गठित सदस्य सङ्ख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९ प्रतिनिधि रहने छन् ।

यस्तै प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सय भन्दा बढी प्रतिनिधि रहनेछन् ।

पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ । यी सबै जोड्दा कुल २१ सय भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ। तर सचिवालयको पछिल्लो निर्णयले केही प्रतिनिधि थप हुने गरी पार्टी सदस्य सङ्ख्याको अनुपात घटाइएको गौतमले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधि छनौटको यो विधि सम्बन्धित कमिटीमा पठाइसकिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ८ : ३४ बजे

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौं– सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमश : सिँचाइयोग्य क्षेत्रफल विस्तार

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौं– सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

काठमाडौं– मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट

बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धारको डेमो प्रदर्शन

म्याग्दी– मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक

हर्मुज जलघाँटी शुल्कमा अमेरिकी प्रतिबन्ध, इरानमाथि आर्थिक दबाब थप कडा

वासिङ्टन– रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने