बैतडी कारागारका ५९ बन्दी स्थानान्तरण « Khabarhub

बैतडी कारागारका ५९ बन्दी स्थानान्तरण


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडी कारागारमा रहेका कैदी र थुनुवालाई स्थानान्तरण गरिएको छ । जीर्ण अवस्थामा रहेको भवनलाई नयाँ निर्माण गरिने भएकाले यहाँ रहेका कैदी र थुनुवालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो ।

कूल ५३ जना कैदी र छ जना थुनुवालाई डडेलधुरा, दार्चुला, बझाङ र बाँकेका कारागारमा स्थानान्तरण गरिएको कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिइन् ।

दार्चुला कारागारमा ६ थुनुवा र तीन जना कैदी, बझाङ नौ जना कैदी, डडेल्धुरा १४ जना कैदी र बाँकेको नौबस्ता कारागारमा २७ जना कैदीलाई स्थानान्तरण गरिएको उनले बताइन् ।

कूल २५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा ५९ जना कैदीबन्दी रहेका थिए । ८५ क्षमताको नयाँ बन्दीगृह निर्माण गरिने कारागार बैतडीले जनाएको छ ।

‘सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालय डोटी र निर्माण कम्पनीबीच सम्झौता भैसकेको छ’, उनले भने, ‘कार्यादेशसमेत आइसकेको छ । अबको एकदुई दिनभित्र काम सुरु हुन्छ ।’

बन्दीगृह निर्माणका लागि १० करोड बजेट विनियोजन गरिएको छ । केकेजे कालिका एस बी जेभी सुकेधाराले बन्दीगृह निर्माणको काम गर्नेछ ।

सो कम्पनीसँग सात करोड ९७ लाख ७१ हजार ४१९ मा सम्झौता भइसकेको सघन सहकरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले जनाएको छ ।

२०८४ साल असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ । नयाँ बन्दीगृह निर्माण भएपछि कैदीबन्दीको व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको कारागार प्रमुख भण्डारीले बताइन् ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १२ : १९ बजे

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७