एनपीएल : पोखराबाट लुम्बिनीलाई १५१ रनको लक्ष्य « Khabarhub

एनपीएल : पोखराबाट लुम्बिनीलाई १५१ रनको लक्ष्य


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सले लुम्बिनी लायन्सलाई १ सय ५१ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रन बनाएको छ ।

पोखराका लागि अदम रोसिङ्टनले सर्वाधिक ८१ रनको अर्धशतीय पारी खेल्दा जिम्मी निशमले ५१ बनाए ।

लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई तथा गुल्बदिन नइबले एक विकेट लिए ।

जारी प्रतियोगितामा ३ खेल खेलेको पोखराले एउटामा मात्र जित निकालेको छ भने चार खेल खेलेको लुम्बिनी पनि एक खेलमा मात्रै जितेको छ ।

दुई–दुई अंक भएका पोखरा र लुम्बिनी क्रमशः छैटौँ र सातौँ स्थानमा छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १२ : ५१ बजे

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको