एनपीएल : पोखराबाट लुम्बिनीलाई १५१ रनको लक्ष्य « Khabarhub

एनपीएल : पोखराबाट लुम्बिनीलाई १५१ रनको लक्ष्य


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सले लुम्बिनी लायन्सलाई १ सय ५१ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रन बनाएको छ ।

पोखराका लागि अदम रोसिङ्टनले सर्वाधिक ८१ रनको अर्धशतीय पारी खेल्दा जिम्मी निशमले ५१ बनाए ।

लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई तथा गुल्बदिन नइबले एक विकेट लिए ।

जारी प्रतियोगितामा ३ खेल खेलेको पोखराले एउटामा मात्र जित निकालेको छ भने चार खेल खेलेको लुम्बिनी पनि एक खेलमा मात्रै जितेको छ ।

दुई–दुई अंक भएका पोखरा र लुम्बिनी क्रमशः छैटौँ र सातौँ स्थानमा छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १२ : ५१ बजे

तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई