एनपीएल-२ मा लुम्बिनीको दोस्रो जित, पोखरा तीन विकेटले पराजित « Khabarhub

एनपीएल-२ मा लुम्बिनीको दोस्रो जित, पोखरा तीन विकेटले पराजित


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा लुम्बिनी लायन्सले दोस्रो जित दर्ता गराएको छ । शनिबार पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनीले प्रतियोगिताको दोस्रो जित हासिल गरेको हो ।

शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा लुम्बिनीले पोखरालाई ३ विकेटले पराजित ग¥यो । पोखराले दिएको १ सय ५१ रनको लक्ष्य लुम्बिनीले खेल सकिन दुई बाँकी छँदै ७ विकेट गुमाएर पूरा ग¥यो ।

यससँगै प्रतियोगितामा लुम्बिनीले ५ मध्ये दुई खेलमा जित निकालेको छ भने तीन खेलमा हार व्यहोरेको छ । यसअघि सिजनको आफ्नो पहिलो खेलमा लुम्बिनीले चितवन राइनोजविरुद्ध ६ विकेटको जित हासिल गरेको थियो । त्यसयता लगातार तीन खेलमा लुम्बिनी पराजित भयो ।

आफ्नो दोस्रो खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ९ विकेट, तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग २२ रन र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ७ विकेटको पराजय व्यहोरेको थियो ।

शनिबार लुम्बिनीलाई जित दिलाउन कप्तान रोहित पौडेलले ४० रन जोडे । ३६ बलको सामना गरेका उनले तीन चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी, विकेटकिपर समेत रहेका निरोशन डिकवेलाले २२ बलमा ३७ रनको विस्फोटक पारी खेले । यसक्रममा उनले दुई छक्का र दुई चौका प्रहार गरे ।

बलिङतर्फ पोखराका सागर ढकाल, म्याट टेलर र विपिन खत्रीले समान दुई विकेट लिए । जिम्मी निशमले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनायो । उसका लागि आडम रोसिङ्टनले सर्वाधिक ८१ रन बनाए । ६३ बलको सामना गरेका उनले सात चौका र पाँच छक्का प्रहार गरे । पोखराका जिम्मी निशमले ५१ बनाए । ३२ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का प्रहार गरे ।

लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई तथा गुल्बदिन नइबले एक विकेट लिए । यससँगै पोखराले चार खेलमध्ये एकमा मात्रै जित हासिल गरेको छ । सिजनको आफ्नो पहिलो खेलमा पोखरा विराटनगर किङ्ग्ससँग ५३ रनले पराजित भएको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनको हार व्यहोरेको पोखराले तेस्रो खेलमा भने जनकपुर बोल्ट्सविरुद्ध २५ रनको जित निकालेको थियो ।

हाल एनपीएलको अंक तालिकामा चार अंकका साथ लुम्बिनी लायन्स पाचौँ स्थानमा छ । दुई अंकका साथ पोखरा भने सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  २ : ४१ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको