विदेशी तत्वसंग लड्न कम्युनिष्ट एकता गर्नुपर्‍यो : प्रचण्ड « Khabarhub

विदेशी तत्वसंग लड्न कम्युनिष्ट एकता गर्नुपर्‍यो : प्रचण्ड


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने विदेशी तत्वसंग लड्न कम्युनिष्ट एकता गरिएको बताएका छन् । 

शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई साथमा लिएर प्रतिक्रियावादी हस्तक्षेपकारी विदेशी तत्वसंग लड्न कम्युनिष्ट एकता गरिएको बताएका हुन् । उनले जनताको भावना बुझेर साथमा नलिएसम्म दुईतिहाइले पनि केही गर्न नसक्ने जेन-जी आन्दोलनमा स्पष्ट भएको जिकिर गरे ।

प्रचण्डले दुईतिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टाचारीलाई बचाउने काम गरेकाले प्रधानमन्त्री बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपरेको धारणा राखे । जनताले लखेटेपनि केही नेतामा अझै पनि अहङ्कार र दम्भ नहटेको उनको भनाइ छ । उनले आफुहरुबाट भएका गल्तीकमजोरीको समीक्षा गर्दै नेकपा एकता भएको भन्दै अव जेन-जीको मुद्दालाई अघि बढाउने बताए ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले राम्रा कुराको निरन्तरता र कमीकमजोरीलाई सुधार गर्ने संकल्पका साथ नेकपा गठन गरिएको बताए । जनताको जीवनलाई सुखी बनाउने र समानता कायम गर्न पार्टीले ध्यान दिने उनले बताए ।

उनले युवाहरूले अघि सारेका विषयलाई समेत आत्मसाथ गर्दै देशले चाहेको समाजवाद स्थापित गरेरै छाड्ने उल्लेख गरे ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : ५६ बजे

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक