विदेशी तत्वसंग लड्न कम्युनिष्ट एकता गर्नुपर्‍यो : प्रचण्ड « Khabarhub

विदेशी तत्वसंग लड्न कम्युनिष्ट एकता गर्नुपर्‍यो : प्रचण्ड


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौति दिने विदेशी तत्वसंग लड्न कम्युनिष्ट एकता गरिएको बताएका छन् । 

शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई साथमा लिएर प्रतिक्रियावादी हस्तक्षेपकारी विदेशी तत्वसंग लड्न कम्युनिष्ट एकता गरिएको बताएका हुन् । उनले जनताको भावना बुझेर साथमा नलिएसम्म दुईतिहाइले पनि केही गर्न नसक्ने जेन-जी आन्दोलनमा स्पष्ट भएको जिकिर गरे ।

प्रचण्डले दुईतिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टाचारीलाई बचाउने काम गरेकाले प्रधानमन्त्री बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपरेको धारणा राखे । जनताले लखेटेपनि केही नेतामा अझै पनि अहङ्कार र दम्भ नहटेको उनको भनाइ छ । उनले आफुहरुबाट भएका गल्तीकमजोरीको समीक्षा गर्दै नेकपा एकता भएको भन्दै अव जेन-जीको मुद्दालाई अघि बढाउने बताए ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले राम्रा कुराको निरन्तरता र कमीकमजोरीलाई सुधार गर्ने संकल्पका साथ नेकपा गठन गरिएको बताए । जनताको जीवनलाई सुखी बनाउने र समानता कायम गर्न पार्टीले ध्यान दिने उनले बताए ।

उनले युवाहरूले अघि सारेका विषयलाई समेत आत्मसाथ गर्दै देशले चाहेको समाजवाद स्थापित गरेरै छाड्ने उल्लेख गरे ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : ५६ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण