उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा २० जनाको मृत्यु « Khabarhub

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा कम्तीमा २० जनाको मृत्यु


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

किन्शासा – उत्तरपश्चिमी कङ्गोको माई–डोम्बे तालमा यात्रुबाहक डुङ्गा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको र अझै धेरैजना बेपत्ता रहेको स्थानीय बासिन्दाहरूले बताएका छन् । दुर्घटनाग्रस्त डुङ्गा बिहीबार राजधानी किन्शासातिर जाँदै थियो । स्थानीय डायोसिसद्वारा जारी शुक्रबारको विज्ञप्तिअनुसार यात्रुमध्ये नयाँ नियुक्त क्याथोलिक डिकन पनि समावेश थिए ।

शनिबार एसोसिएटेड प्रेससँग टेलिफोनमार्फत कुराकानी गर्दै इनोङ्गोका बासिन्दा इम्मानुएल बोलाले डुङ्गा किरि सहरबाट किन्शासातर्फ जाँदै गर्दा बिहीबार राति करिब ८ बजे बोबेनी र लोबेके गाउँबीच पल्टिएको जानकारी दिए ।

कङ्गोली सरकारले अहिलेसम्म मृत्युको औपचारिक सङ्ख्या सार्वजनिक गरिसकेको छैन । माई–डोम्बे प्रान्तका गभर्नर केभानी एनकोसोले राष्ट्रिय टेलिभिजनमार्फत भने, “हामी घटनास्थलमा परिचालित टोलीहरूको विवरण पर्खिरहेका छौँ, मृतक र जीवित बचेका व्यक्तिहरूको यकिन सङ्ख्या उनीहरूले पुष्टि गरेपछि मात्र भन्न सकिन्छ ।”

धेरै नागरिकहरू खराब अवस्थामा रहेका सडकहरू प्रयोग गर्नुभन्दा जोखिमपूर्ण, सस्ता काठका डुङ्गामा यात्रा गर्न वाध्य भएकाले कङ्गोमा डुङ्गा दुर्घटना बढ्दै गएको छ । यस्ता डुङ्गाहरूमा यात्रु तथा सामानको अत्यधिक भार हुने गर्दछ, लाइफ ज्याकेटहरू प्रायः उपलब्ध हुँदैनन् र राति नै यात्रा गर्ने प्रचलन भएकोले दुर्घटना बढी घातक बन्छ । उद्धार कार्य पनि अन्धकारका कारण जटिल हुन्छ र धेरै शवहरू लामो समयसम्म फेला नपर्ने प्रवृत्ति छ ।

यस महिनाको सुरुतिरै भएको अर्को डुङ्गा दुर्घटनामा ६४ जना बेपत्ता भएका थिए । सेप्टेम्बरमा उत्तरपश्चिमी कङ्गोमा भएका दुई छुट्टाछुट्टै डुङ्गा दुर्घटनामा कम्तीमा १९३ जनाको मृत्यु भएको थियो, जसलाई सरकारी मिडियाले ‘अत्यधिक भार र रातिको नेभिगेसन’ लाई मुख्य कारण ठहर गरेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ९ : ०६ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न