चोरीको मोटरसाइकल किन्ने पक्राउ « Khabarhub

चोरीको मोटरसाइकल किन्ने पक्राउ


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

बाग्मती – ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदीले चोरी गरी बिक्री गरेको मोटरसाइकलसहित आज एक जना पक्राउ परेका छन् ।

हेटौँडा उपमहानगरपालिका–१५ भोर्ले निवासी २६ वर्षीय राजेश खातीले चोरी गरी बिक्री गरेको बा४०प ४२९५ नम्बरको मोटरसाइकलसहित सोही ठाउँका २१ वर्षीय अभिषेक वाइवालाई पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले हेटौँडा उपमहानगरपालिका–७ हरियालीस्थित सडकखण्डमा प्रहरी टोलीले जाँच गर्ने क्रममा वाइवालाई पक्राउ गरिएको बताउनुभयो । मोटरसाइकलका कागजपत्र नपाइएपछि थप अनुसन्धान गर्दा खातीले चोरी गरेर बिक्री गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो ।

खाती गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौँबाट फरार भएका थिए । केही दिनअघि प्रहरीले उनलाई पुनः पक्राउ गरी कारागार पठाएको जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १० : ३२ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय

रास्वपा केन्द्रीय समिति बैठकले के-के निर्णय गर्‍यो ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका प्रमुख

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६