माग्दे गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न दूधमा १० अनुदान दिने  « Khabarhub

माग्दे गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न दूधमा १० अनुदान दिने 


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली– माग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले दुग्ध व्यवसायलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने लक्ष्यसहित उक्त कार्यक्रम अघि सारेको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार स्थानीय दुग्ध उत्पादक किसानको उत्पादन लागत बढ्दै गएको र बजार मूल्य अपेक्षाअनुसार नबढेकाले किसान समस्यामा परेको अवस्थालाई मध्यनजर गर्दै अनुदान कार्यक्रम ल्याइएको हो । 

यस कार्यक्रमले किसानको आम्दानी वृद्धि गर्न, दुग्ध उत्पादनलाई निरन्तरता दिन र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अधिकारीले बताए ।

गाउँपालिकाले अनुदान प्राप्त गर्न चाहने दुग्ध उत्पादक समूह वा सहकारीलाई निवेदन दिन आग्रह गरेको छ । अधिकारीका अनुसार निवेदनसँगै गत साउन १ गतेदेखि कात्तिक मसान्तसम्म सङ्कलन र बिक्री भएको दूधको प्रमाणित अभिलेख, सहकारी वा समूह दर्ताको प्रमाणपत्र संलग्न गर्न अनुरोध गरिएको छ ।

गाउँपालिकाले दुग्ध उत्पादन क्षेत्रलाई प्राथमिकतामा राख्दै यसअघि पशुपालन प्रवर्द्धन, उन्नत जातका गाईभैँसी वितरण, पशु स्वास्थ्य सेवा तथा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको अधिकारीले बताए । 

अनुदान कार्यक्रमले स्थानीय किसानलाई व्यवसायप्रति थप आकर्षित गर्ने र दुग्ध क्षेत्रमा लगानी बढाउने विश्वास व्यक्त गरिएको छ ।

स्थानीय दुग्ध उत्पादक किसानले गाउँपालिकाको यो निर्णयलाई सकारात्मक रूपमा लिँदै यसले उत्पादन लागतको केही भार कम गर्ने र व्यवसाय टिकाइराख्न सहयोग पुग्ने भन्दै खुसी भएका छन् । रासस

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १२ : १० बजे

रहबर अन्सारी रास्वपामा प्रवेश, मधेसबाट ‘क्रान्तिको बिगुल’ फुक्ने घोषणा

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका

सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट डा. जोशीको राजीनामा

गोदावरी– सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा

स्वागत र पत्रकार बुढाथोकी राप्रपामा, एकजना प्रत्यक्ष चुनाव लड्दै, अर्का समानुपातिक सूचीमा

काठमाडौं- अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र अर्का आर्थिक पत्रकार

बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा