जनता समाजवादी पार्टी र जसपा नेपालबीच एकीकरण  « Khabarhub

जनता समाजवादी पार्टी र जसपा नेपालबीच एकीकरण 


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको सहमति भएको छ । 

उनीहरूबीच आज एकताको सहमतिमा हस्ताक्षरसमेत भएको छ । यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताको सहमति भएको थियो ।

विगतमा एउटै दलमा रहेका उनीहरूबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर एकता मधेस आन्दोलनको उपलब्धिका रूपमा रहेको सङ्घीयता गणतन्त्रको संरक्षण एवं संवर्द्धन तथा मधेस र मधेसी जनताको अधिकार सुनिश्चितताका लागि भन्दै एकताको सहमति भएको हो ।

जनता समाजवादी पार्टीका बहुमत केन्द्रीय सदस्य उपेन्द्र यादव नेतृत्वको पुरानै पार्टीमा एकीकृत हुने तय भएको रेणु यादव पक्षका नेता प्रदीप यादवले जानकारी दिए। 

बदलिँदो राजनैतिक परिवेशमा जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीको एकता अपरिहार्य रहेकाले मधेसी जनताको चाहना र जनअपेक्षालाई शिरोधार्य गरी एकताको घोषणा गरिएको उनले बताए।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १२ : ५२ बजे

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका