वामदेव फेरि चुनाव लड्ने, प्रत्यक्षतर्फ बर्दिया १ बाट सिफारिस « Khabarhub

वामदेव फेरि चुनाव लड्ने, प्रत्यक्षतर्फ बर्दिया १ बाट सिफारिस


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले छाडेको चार वर्षपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका वामदेव गौतमले फेरि चुनाव लड्ने तयारी गरेका छन् ।

नेकपा बर्दियाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार सिफारिस गर्दा वामदेवको नाम १ नम्बरमा राखेको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ प्रत्यक्षतर्फ नेता वामदेव गौतम र अर्का नेता शक्तिबहादुर बस्नेतको पनिन नाम छ ।

२०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री एवम् तत्कालीन एमाले नेता गौतमलाई कांग्रेस उम्मेदवार सञ्जय गौतमले ७५३ मतले हराएका थिए ।

सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए । त्यसपछि उनी २०७९ को चुनावमा सहभागी भएनन् ।

त्यसअघि नै २०७७ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १ : ४१ बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय