ताइवानलाई हतियार बेच्ने २० अमेरिकी कम्पनीमाथि चीनले लगायो प्रतिबन्ध « Khabarhub

ताइवानलाई हतियार बेच्ने २० अमेरिकी कम्पनीमाथि चीनले लगायो प्रतिबन्ध


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले ताइवानलाई हतियार बेच्दै आएका केही चर्चित अमेरिकी कम्पनीको सम्पत्ति रोक्का गरेको छ । यसका साथै तिनका प्रमुखलाई चीन प्रवेशमा रोक लगाइएको छ ।

बेइजिङबाट चिनियाँ विदेश मन्त्रालयले ताइवान क्षेत्रमा हतियार आपूर्ति गर्ने २० अमेरिकी सैन्य कम्पनी र विभिन्न १० वरिष्ठ कार्यकारीविरुद्ध कठोर कदम चालिएको जनाएको छ। ती प्रतिबन्धित कम्पनी र कारबाहीमा परेका कार्यकारीहरूको नाम र सूची पनि विदेश मन्त्रालयले सार्वजनिक गरेको छ ।

चीनले आफ्नो भूमि भनिरहेको ताइवानलाई अलग्गै राखिराख्ने योजनाअन्तर्गत अमेरिकाले ठूलो परिमाणमा हतियार बिक्री गरेपछि जवाफस्वरूप त्यस्तो काममा संलग्न २० उत्पादक कम्पनी र विभिन्न कम्पनीका १० वरिष्ठ कार्यकारीविरुद्ध कदम चाल्ने निर्णय भएको हो ।

चीनले भनेको छ, ‘हामी पुनः स्पष्ट गर्न चाहन्छौँ, ताइवान मामिला हाम्रो केन्द्रीय राष्ट्रिय हितहरूको मूल केन्द्रमा रहेको विषय हो । यो चीन–अमेरिका सम्बन्धले पार गर्न नहुने पहिलो रेड लाइन पनि हो ।’

ताइवान मामिलामा उक्साहटपूर्ण कदम चाल्ने र रेड लाइन पार गर्ने कुनै पनि प्रयासलाई दृढ जवाफ दिने चेतावनी चीनले दिँदै आएको छ । चीनको विदेश मन्त्रालयले त्यहाँस्थित विदेशी प्रतिबन्ध विरोधी कानुनको धारा ३, ४, ५, ६, ९ र १५ अनुसार निम्नानुसार प्रतिवादात्मक उपायहरू अपनाउने निर्णय गरेको हो ।

‘ताइवानलाई हतियार बेच्ने कुनै पनि कम्पनी वा व्यक्तिले आफ्नो गलत कार्यको मूल्य चुकाउनुपर्नेछ। राष्ट्रिय सार्वभौमिकता र भू–अखण्डता जोगाउने चीन सरकार र जनताको दृढ संकल्प, इच्छाशक्ति र क्षमतालाई कुनै पनि देश वा शक्तिले कहिल्यै कमजोर नआँके हुन्छ’, बेइजिङले भनेको छ।

चीनले अमेरिकालाई एक–चीन सिद्धान्त र चीन–अमेरिकाबीच भएका तीन संयुक्त विज्ञप्तिको पालना गर्न पुनः स्मरण गराएको छ ।

अमेरिकाले जनाएको यसअघिको प्रतिबद्धताअनुसार व्यवहार गर्न, ताइवानलाई हतियार बेच्ने खतरनाक कदम तत्काल बन्द गर्न,ताइवान जल क्षेत्रको शान्ति र स्थिरता कमजोर बनाउने काम नगर्न पनि चीनले सम्झाएको छ।

कथित ‘ताइवान स्वतन्त्रता’का विभाजनकारी शक्तिलाई गलत सन्देश दिन बन्द गर्न पनि चीनले अमेरिकालाई सम्झाएको छ ।

आफ्नो राष्ट्रिय सार्वभौमिकता,सुरक्षा र भू–अखण्डताको दृढ रक्षा गर्न आवश्यक सबै निर्णायक कदम निरन्तर रूपमा चालिरहने विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

त्यहीबमोजिम अमेरिकी सैन्यसामाग्री सम्बन्धित कम्पनी र वरिष्ठ कार्यकारीविरुद्ध प्रतिकारात्मक कदम चाल्ने निर्णय भएको जनाउँदै ती कम्पनी र अधिकारीहरुको नाम वेबसाइटमा राखिएको छ ।

चीनले आफ्नो मुलुकभित्र रहेका चल अचल सम्पत्ति तथा अन्य सम्पूर्ण सम्पत्ति रोक्का गर्दै प्रतिबन्ध लगाएका अमेरिकी कम्पनीहरूको संख्या २० रहेको छ ।
त्यस्तै,चीनभित्रका कुनै पनि संस्था वा व्यक्तिलाई ती कम्पनीसँग कारोबार, सहकार्य वा अन्य कुनै गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

त्यस्तो कार्यमा संलग्न अमेरिकी कम्पनीका १० वरिष्ठ कार्यकारीविरुद्ध पनि कारबाहीस्वरुप चीनभित्र रहेका उनीहरुका चल–अचल सम्पत्ति तथा अन्य सम्पूर्ण सम्पत्ति रोक्का गरिएको छ ।

चीनभित्रका कुनै पनि संस्था वा व्यक्तिलाई उनीहरूसँग पनि कुनै पनि प्रकारको कारोबार वा सहकार्यमा निषेध गर्दै ती १० जनालाई चीनको मुख्य भूमि, हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्र प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिबन्धित अमेरिकी कम्पनी

नर्थ्रोप ग्रुम्मन सिस्टम्स कर्पोरेसन
एल–थ्री ह्यारिस मेरीटाइम सर्भिसेस
सेन्ट लुइसस्थित बोइङ
गिब्स एन्ड कक्स, इन्क.
एड्भान्स्ड एकोस्टिक कन्सेप्ट्स
भीएसई कर्पोरेसन
सिएरा टेक्निकल सर्भिसेस, इन्क.
रेड क्याट होल्डिङ्स, इन्क.
टिल ड्रोनस्, इन्क.
रिकनक्राफ्ट
हाइ पोइन्ट एरो टेक्नोलोजिज
एपिरस, इन्क.
डिड्रोन होल्डिङ्स इन्क.
एरिया–आई
ब्लु फोर्स टेक्नोलोजिज
डाइभ टेक्नोलोजिज
भ्यान्टर
इन्टेलिजेन्ट एपिट्याक्सी टेक्नोलोजी, इन्क.
रोम्बस पावर इन्क.
लाजारस इन्टरप्राइजेज इन्क.

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  २ : ४९ बजे

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धादिङ– धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक