बालेनबारे राजेन्द्र महतो भन्छन् : जनताले मत दिए भने प्रधानमन्त्री बन्लान् « Khabarhub

बालेनबारे राजेन्द्र महतो भन्छन् : जनताले मत दिए भने प्रधानमन्त्री बन्लान्


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साह मिल्नु कुनै अनौठो नभएको बताएका छन् ।

सोमबार निर्वाचन आयोगमा समानुतिकको बन्दसूची बुझाएर निस्किने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफूहरूको पार्टीबाट जेन-जीहरूलाई पनि उम्मेदवार बनाउने बताउँदै बालेन र रविको मिलनलाई सामान्य भने ।

‘बालेन र रवि मिल्नु नौलो होइन । जनताले मत दियो भने बालेन्द्र साह पनि प्रधानमन्त्री बन्न सक्छ’, उनले भने, ‘यो कुनै अनौठो कुरा भएन ।’

उता जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले रेणु यादवहरू जसपा नेपालतिर फर्किनुलाई सामान्य भने ।

‘जसपाबाट रेणु जसपा नेपालतिर जानु एउटा स्वभाविक र प्राकृतिक विषय हो । मानिसलाई जहाँ सहज हुन्छ, त्यहाँ बस्न पाउँछ’, उनले भने।

राईले उपेन्द्र यादवसँगको झगडाबारे पनि बोले । ‘उपेन्द्र यादवले मलाई देखाएको पनि होइन, मैले पनि उनलाई देखाएको होइन । तपाईंहरूले हेरेको मात्रै हो’, उनले अगाडि भने ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : ०६ बजे

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका