समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए « Khabarhub

समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय गुज्रिँदै गर्दा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेबीच वार्ता भइरहेको छ।

उक्त वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि सहभागी छन् ।

यो वार्ताका लागि आफूलाई जेन-जी अभियन्ता बताउने सुधन गुरूङसहित केही युवाहरूले कुलमानलाई लिएर गएका बताइएको छ । कुलमानलाई सुधनसहितका युवकले बौद्धको अन्तरा होटलमा जारी केन्द्रीय समिति बैठकबाट लिएर गएको बताइएको छ ।

समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समयअघि नै कुरा मिलाउन यी तीनजना छलफलमा बसेका हुन् । कुलमानको उज्यालो नेपालले समानुपातिकका ११० जनाकै सूची तयार गरिसकेको अवस्थामा फेरि त्रिपक्षीय वार्ता भएको हो ।

उज्यालो नेपालका एकजना केन्द्रीय सदस्यले बताएअनुसार सकेसम्म आजै सहमति जुटाउने कोसिस भइरहेको छ । कुलमानले आगामी निर्वाचनपछि आधा आधा कार्यकाल प्रधानमन्त्री हुनुपर्ने अडान राखिरहेका छन् । उज्यलो नेपालले समानुपातिक सूची बुझाउन निस्सा लिइसकेको छ । तर अझै पनि बुझाउन बाँकी छ ।

उता रास्वपा प्रवेश गरेका बालेन्द्रले जेन-जी आन्दोलनले आफूलाई पूरै पाँच वर्ष प्रम बन्ने म्यान्डेट दिएको आफूनिकटस्थलाई बताइरहेका छन् । यही विषयमा यिनीहरूबीच सहमति जुट्न सकेको छैन ।

उता कुलमानले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि संवाद गरिरहेका छन् । शर्मासँग एकै चुनाव चिह्नमा लड्ने गरी सहमति गर्न खोजिए पनि जुटेको छैन । प्रलोपले बन्दसूची बुझाइसकेको छ ।


प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : १२ बजे

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने

समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियो : मन्त्री खरेल

गोरखा– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने

कुलमानले मागे रास्वपामा दोस्रो वरीयता र २५ प्रतिशत भाग, बालेन तयार हुँदा रवि मानेनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेता बालेन्द्र शाह