नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’, ४,९९९ रुपैयाँमै एक वर्ष इन्टरनेट « Khabarhub

नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’, ४,९९९ रुपैयाँमै एक वर्ष इन्टरनेट


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थी लक्षित ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ । आगामी माघ २२ गतेसम्म आवेदन दिन सकिने यो अफर विद्यार्थीहरूका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ  ।

कम्पनीका अनुसार यस अफरमा ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षका लागि ४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यसमा दैनिक २५ जीबी डाटा प्रयोग गर्न सकिनेछ भने सो सीमा नाघेपछि स्पिड ५ एमबीपीएसमा सीमित हुनेछ। जडान शुल्क ५०० रुपैयाँ तोकिएको छ ।

विद्यार्थीले एक थान ड्युअल ब्यान्ड सीपीई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क पाउनेछन् । सेवा लिन माघ २२ भित्र १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा आवेदन दिन सकिने टेलिकमले जनाएको छ ।

वि.सं. २०५४ साल वा सोपछि जन्मिएका विद्यार्थीका लागि मात्र लागू हुने यो अफरका लागि जन्म दर्ता वा नागरिकता र विद्यार्थी परिचय पत्र अनिवार्य हुनेछ । अफर अवधि सकिएपछि यही प्याकेजमा नवीकरण गर्न नमिल्ने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : ४० बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल