नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’, ४,९९९ रुपैयाँमै एक वर्ष इन्टरनेट « Khabarhub

नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’, ४,९९९ रुपैयाँमै एक वर्ष इन्टरनेट


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थी लक्षित ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ । आगामी माघ २२ गतेसम्म आवेदन दिन सकिने यो अफर विद्यार्थीहरूका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ  ।

कम्पनीका अनुसार यस अफरमा ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षका लागि ४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यसमा दैनिक २५ जीबी डाटा प्रयोग गर्न सकिनेछ भने सो सीमा नाघेपछि स्पिड ५ एमबीपीएसमा सीमित हुनेछ। जडान शुल्क ५०० रुपैयाँ तोकिएको छ ।

विद्यार्थीले एक थान ड्युअल ब्यान्ड सीपीई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क पाउनेछन् । सेवा लिन माघ २२ भित्र १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा आवेदन दिन सकिने टेलिकमले जनाएको छ ।

वि.सं. २०५४ साल वा सोपछि जन्मिएका विद्यार्थीका लागि मात्र लागू हुने यो अफरका लागि जन्म दर्ता वा नागरिकता र विद्यार्थी परिचय पत्र अनिवार्य हुनेछ । अफर अवधि सकिएपछि यही प्याकेजमा नवीकरण गर्न नमिल्ने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : ४० बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख