अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु « Khabarhub

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा गण्डकी प्रदेशअन्तर्गतका अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । 

सदरमुकाम कुश्माबजारमा जारी आठौँ पर्वत महोत्सवको अवसरमा दुई लाख २२ हजार २२२ राशिको भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलअन्तर्गत कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाबीचको खेल सम्पन्न भएको छ । 

सो खेलमा कुश्मा नगरपालिकाले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेका छ । अन्य खेलहरू भोलिदेखि सञ्चालन हुने भएका छन् । 

बेस्ट अफ फाइप लिगकम नकआउट चरणमा खेलाइने उक्त खेलमा प्रथम हुनेलाई रु दुई लाख २२ हजार २२२ नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु एक लाख ११ हजार १११, तृतीय हुनेलाई नगद रु ५५ हजार ५५५, शिल्ड मेडल र प्रमाणपत्र तथा सान्त्वना टिमलाई पनि रु २२ हजार २२२ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

साथै उत्कृष्ट विधाहरुलाई पनि पुरस्कार प्रदान गरिने महोत्सवका खेलकुद संयोजक प्रदीप तिमिल्सिनाले जानकारी दिए । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कुश्मामा आयोजित आठौँ पर्वत महोत्सव गत बुधबारदेखि सुरु भएको हो । 

महोत्सव यही पुस १९ गतेसम्म सञ्चालन हुने छ । 

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : ३२ बजे

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा

वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको

ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोध गरेकामा

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका