रवि, बालेन र कुलमानबीच भएको सहमतिमा के छ ? « Khabarhub

रवि, बालेन र कुलमानबीच भएको सहमतिमा के छ ?


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच एकता गर्ने सहमति भएको छ। कमल पोखरीमा सोमबार साँझ कुलमान, रवि र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको वार्तामा यो सहमति भएको हो ।

सहमति अनुसार, एकतापछि बन्ने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। दलको झन्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने, चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति भएको छ।

भ्रष्टाचार र कुशासनविरुद्ध जेनजीले उठाएको आन्दोलनको भावना आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। था घाइतेहरूको बलिदानलाई प्रेरणाका रूपमा लिँदै दुवै दलले सहकार्य गर्ने उल्लेख छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन्। उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने व्यवस्था गरिएको सहमति पत्रमा उल्लेख गरिएको छ ।

उज्यालो नेपाल पार्टीको अभियानलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यक्रमसँग जोड्दै एकता पश्चात् संगठनात्मक संरचनालाई थप सुदृढ बनाइने जनाइएको छ। उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानी जिम्मेवारी दिने सहमति गरिएको छ।

दुवै दलले उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, मेरिटोक्रेसीको स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई मूल एजेन्डा बनाउँदै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित अघि बढ्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ९ : ०८ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम