नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म « Khabarhub

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री वा संघीय–प्रदेश सांसद नबनेका व्यक्तिलाई समानुपातिकतर्फ प्राथमिकतामा राख्दै उम्मेदवार छनोट गरेको छ।

पार्टीका नेता वर्षमान पुनका अनुसार समानुपातिक सूची तयार गर्दा समाजका विविध क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरिएको हो। अनुभवी विज्ञदेखि युवा पुस्ता, सहिद परिवारका सदस्य, अल्पसंख्यक समुदाय तथा विभिन्न पेशागत पृष्ठभूमिका व्यक्तिहरूलाई समेटिएको उनले बताए।

पार्टीले पटक–पटक अवसर पाइसकेका अनुहारभन्दा पनि नयाँ र योगदान गर्न सक्ने व्यक्तिलाई अघि बढाउने नीति लिएको पुनले जानकारी दिए । त्यसअनुसार उद्यम–व्यवसाय, कूटनीति, मानवअधिकार, शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू समानुपातिक सूचीमा समावेश भएका छन्। पार्टी एकतामा सहभागी भएका १७ वटा घटक दलको भावना झल्कने गरी सूची तयार गरिएको जनाइएको छ।

समानुपातिक उम्मेदवारका रूपमा अधिकारकर्मी मित्र परियार, पूर्वराजदूत प्रमेश हमाल, विज्ञ परशुराम तामाङ, जोगकुमार बर्बरियाको नाम बन्दसूचीमा छ ।

यस्तै बीबी खनाल, पूर्व विद्यार्थी संगठनका अध्यक्ष पञ्चा सिंह, चेपाङ समुदायबाट मंगलसिंह प्रजा, पूर्व लडाकु कमान्डर कमला नहर्की, नेकपाबाट आएका नेता चिरन पुन, पार्वती विक, महेन्द्रबहादुर कार्की लगायतकाे नाम बन्दसूचीमा समेटिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ९ : २० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने