आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय « Khabarhub

आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय


१७ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्वान्टानमाओ खाडीमा रहेको बन्दी गृहलाई बढाउने विषयमा हस्ताक्षर गरेका छन्।

आप्रवासी राख्नका लागि नै सो निर्णय गरिएको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनले अमेरिकामा रहेका उच्च प्राथमिकतामा रहेका अपराधीलाई उक्त स्थानमा लगेर राख्नका लागि गृह र रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।

क्युबाको दक्षिण पूर्वमा रहेको ग्वान्टान्माओ क्षेत्र सन् १८९८ मा भएको स्पेन अमेरिका युद्धपछि अमेरिकाले कब्जामा लिएको हो।

सन् २००२ मा त्यस स्थानमा जेल खडा गरेर आठ सय जना शङ्कास्पद आतङ्कवादी राखिएको थियो। बाइडेन प्रशासनको समयमा त्यहाँ ३० जना रहेको जनाइएको छ।

राष्ट्रपति ट्रम्पले त्यहाँ ३० बेड राख्न मिल्ने बताएका छन्। देशले पनि स्वीकार गर्न नसक्ने अपराधमा संलग्न अवैध आप्रवासीलाई त्यहाँ राखिने ट्रम्पले जनाएका छन्। क्युबाका राष्ट्रपति मिगुयल डियाज क्यानलले यसलाई क्रूरता भनेका छन्।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ६ : २४ बजे

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

राँझा– निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको