हमासले आज ८ बन्दी रिहा गर्ने, तीन इजरायली र पाँच थाई नागरिक « Khabarhub

हमासले आज ८ बन्दी रिहा गर्ने, तीन इजरायली र पाँच थाई नागरिक


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हमासले आज ८ जना बन्दीलाई रिहा गर्ने भएको छ । हमासले गाजाबाट ३ इजरायली र ५ थाई नागरिक गरी ८ जनालाई रिहा गर्न लागेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

कतार र इजिप्टको मध्यस्थतामा सार्वजनिक गरिएको नामावली अनुसार २९ वर्षीय अर्बेल यहुत, १९ वर्षीय अगम बर्गर र ८० वर्षीय गाडी मासेस इजरायली नागरिक छन् । थाई नागरिकको नाम भने खुलाइएको छैन । 

इजरायलले पनि आजै हमासका ११० जनालाई छाड्ने जनाइएको छ । जसमा आजीवन काराबासको सजाय भोगेका ३२ जना छन् । यसैगरी ३० जना बालबालिका छन् ।

पहिलो चरणको युद्ध विराममा हमासले ३३ बन्दी छाड्ने तथा इजरायलले जेलबाट दुई हजार जनालाई छाड्ने सहमति भएको छ । बन्दी बनाइएका मध्ये ८ जनाको मृत्यु भइसकेको पनि हमासले जनाइएको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ११ : ०३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा