ओखलढुङ्गामा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु « Khabarhub

ओखलढुङ्गामा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओखलढुङ्गामा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका– ७ भँडारे खोलामा आज बिहान  दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका– ३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका– १२ की ४५ वर्षीया तारा गुरुङ छन्।

खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ६४२१ नम्बरको टाटा सुमो आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

सुमो सडकबाट करिब सय मिटर तल खसेको थियो। सुमो चालक सुनसरीको इनरुवा नगरपालिका– २ का २२ वर्षीय अनिल पण्डित फरार छन्। सुमोमा चालकसहित चार जना सवार थिए।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  १२ : १४ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको