महिला टी–२० : नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य « Khabarhub

महिला टी–२० : नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेदरल्यान्ड्सले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाललाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १५७ रनको योगफल तयार पार्न सफल भएको हो ।

नेदरल्यान्ड्सका लागि रिकेले ४८ बलमा ८ चौकासहित अविजित ५९ रन बनाएकी थिइन् भने ब्याटर आइरिस ज्वीलिङले १३ बलमा ५ चौकाहित अविजित ३१ रन जोड्दा ओपनर स्टेर कालिसले ३५ बलमा चार चौकासहित २९ रनको योगदान गरिन् ।

यसैगरी हेथर सेगर्सले १९ बलमा समान एक चौका र छक्कासहित २३ रन बनाउँदा अन्य दुई खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कविता कुंवर, पुजा महतो, इश्वरी विष्ट र सीता रनामगरले समान एक विकेट लिएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  २ : ०७ बजे

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ