‘एक्टर’ विवादमा मुद्दा फिर्ता गर्ने सहमति, हलमा जाने बाटो खुल्यो | Khabarhub Khabarhub

‘एक्टर’ विवादमा मुद्दा फिर्ता गर्ने सहमति, हलमा जाने बाटो खुल्यो


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘एक्टर’ र ‘एक्टर : टेक वान’को नामको विवाद सहमतिमा टुंगिएको छ । जिल्ला अदालत काठमाडौंमा पुगेको विवाद दुवै पक्षको सहमतिमा टुङ्गिएको हो ।

फिल्म एक्टरको तर्फबाट सम्राट थापा, मोती कार्की र ‘एक्टर : टेक वान’का निर्माता थमन कुमार भण्डारीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सहमति भएको जानकारी दिइएको हो ।

विज्ञप्तिमा शुक्रबार अदालत खुलेपछि मुद्दा फिर्ता गर्ने सहमति भएको उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा बिहीबारबाटै ‘एक्टर : टेक वान’लाई प्रदर्शनमा ल्याउन हलहरूलाई अनुरोध गरिएको छ ।

फिल्म प्रदर्शनम सहजीकरण गर्न आग्रह गर्दै दुवै पक्षले चलचित्र विकास बोर्डलाई संयुक्त निवेदन समेत लेखेका छन् ।

गत मंगलबार काठमाडौं जिल्ला अदालतले ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न आदेश दिएको थियो । आफ्नो फिल्मको नाम चोरी भएको भन्दै ‘एक्टर’का लेखक सम्राट थापाले मुद्दा दर्ता गरेका थिए ।

अदालतबाट यस मुद्दामा प्रदर्शन मितिको अघिल्लो दिन अर्थात् माघ १५ गते ‘एक्टर ः टेक वान’को प्रदर्शन स्थागन गर्न अल्पकालीन आदेश जारी भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ३ : ११ बजे

अन्तर्राष्ट्रिय पर्यटन दिवस : ढुक्क छैनन् ठमेलका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– नेपालकै प्रमुख पर्यटन क्षेत्र ठमेल हरेक वर्ष यो सिजनमा

काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

काभ्रे– २०८१ साल असोजको विपदमा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं– आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको