‘लाज शरणम्’को टिजर : केन्द्रीय भूमिकामा धुर्मुस, कफिनमा को आयो ? « Khabarhub

‘लाज शरणम्’को टिजर : केन्द्रीय भूमिकामा धुर्मुस, कफिनमा को आयो ?


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माघ १६ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार एक मिनेट ५० सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मका कलाकारहरू नायक विजय बराल, मकुन्द श्रेष्ठ, सीताराम कट्टेल ‘धुर्मुस’, अपर्ण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, सागर लम्साल ‘बले’लाई प्रमुख स्थान दिइएको छ ।

टिजरले फिल्ममा धुर्मुसको प्रमुख भूमिका रहेको संकेत गर्छ । उनी हाल जेल जीवन बिताइरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको ‘स्वरुप’मा देखिएका छन् । उनले फिल्ममा खलपात्रको भूमिका निर्वाह गरेको टिजरले खुलाउँछ ।

ग्रामिण वृद्धको भूमिकामा रहेका कमलमणिले नेपालले विदेश जान लागेका छोरालाई कुनै समस्या नपरोस् भनेर कामना गरेको दृश्यबाट टिजरको सुरुवात हुन्छ ।

गाउँमा आइपुगेको कफिन खोलेपछि विजय, अपर्ण र महेश आश्चर्यमा पर्छन् । यसले दर्शकमा कौतुहलता जगाउन सक्छ । यी कलाकारहरू कफिन हेरेर किन आश्चर्यमा परे ? जवाफ टिजरले दिएको छैन ।

टिजरबाट हरिस निरौला कक्रोज अघोरीको भूमिकामा, अर्जुन घिमिरे टेलिसिरियलमा जस्तै पाँडे र मकुन्द श्रेष्ठ नेताको भूमिकामा देखिन्छ । टिजरमा ‘बले’ हेलिकप्टर चढेर गाउँमा पुगेको देखाइएको छ । तर उनको भूमिका पनि कौतुहलता जगाउने किसिमको छ ।

टिजरले कर्णालीका गाउँ र सहरको मिश्रित कथामा फिल्म बनेको संकेत गरेको छ। यो फिल्म टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो । निर्देशक कुमार कट्टेल ‘जिग्री’ हुन् ।

फिल्ममा सीताराम कट्टेल ‘धुर्मुस’, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणु योगी, विजय लामा, माला लिम्बू र ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’, हरिष निरौला ‘क्रकोज’, प्रियाना आचार्य ‘मुन्नी’ कमलमणि नेपाल ‘खुपीका बाउ’ लगायत कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता नवीन श्रेष्ठ र रामनरेश शाह हुन् ।

टिजर

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ३ : ३७ बजे

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग