‘लाज शरणम्’को टिजर : केन्द्रीय भूमिकामा धुर्मुस, कफिनमा को आयो ? « Khabarhub

‘लाज शरणम्’को टिजर : केन्द्रीय भूमिकामा धुर्मुस, कफिनमा को आयो ?


१७ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माघ १६ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार एक मिनेट ५० सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मका कलाकारहरू नायक विजय बराल, मकुन्द श्रेष्ठ, सीताराम कट्टेल ‘धुर्मुस’, अपर्ण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, सागर लम्साल ‘बले’लाई प्रमुख स्थान दिइएको छ ।

टिजरले फिल्ममा धुर्मुसको प्रमुख भूमिका रहेको संकेत गर्छ । उनी हाल जेल जीवन बिताइरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको ‘स्वरुप’मा देखिएका छन् । उनले फिल्ममा खलपात्रको भूमिका निर्वाह गरेको टिजरले खुलाउँछ ।

ग्रामिण वृद्धको भूमिकामा रहेका कमलमणिले नेपालले विदेश जान लागेका छोरालाई कुनै समस्या नपरोस् भनेर कामना गरेको दृश्यबाट टिजरको सुरुवात हुन्छ ।

गाउँमा आइपुगेको कफिन खोलेपछि विजय, अपर्ण र महेश आश्चर्यमा पर्छन् । यसले दर्शकमा कौतुहलता जगाउन सक्छ । यी कलाकारहरू कफिन हेरेर किन आश्चर्यमा परे ? जवाफ टिजरले दिएको छैन ।

टिजरबाट हरिस निरौला कक्रोज अघोरीको भूमिकामा, अर्जुन घिमिरे टेलिसिरियलमा जस्तै पाँडे र मकुन्द श्रेष्ठ नेताको भूमिकामा देखिन्छ । टिजरमा ‘बले’ हेलिकप्टर चढेर गाउँमा पुगेको देखाइएको छ । तर उनको भूमिका पनि कौतुहलता जगाउने किसिमको छ ।

टिजरले कर्णालीका गाउँ र सहरको मिश्रित कथामा फिल्म बनेको संकेत गरेको छ। यो फिल्म टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो । निर्देशक कुमार कट्टेल ‘जिग्री’ हुन् ।

फिल्ममा सीताराम कट्टेल ‘धुर्मुस’, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणु योगी, विजय लामा, माला लिम्बू र ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’, हरिष निरौला ‘क्रकोज’, प्रियाना आचार्य ‘मुन्नी’ कमलमणि नेपाल ‘खुपीका बाउ’ लगायत कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता नवीन श्रेष्ठ र रामनरेश शाह हुन् ।

टिजर

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ३ : ३७ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी