कांग्रेसले माघ २२ र २३ मा जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण दिँदै  « Khabarhub

कांग्रेसले माघ २२ र २३ मा जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण दिँदै 


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले जिल्ला सभापति र उपसभापतिहरूको भेला आयोजना गर्ने भएको छ । कांग्रेसले कास्कीको पोखरामा माघ २२ र २३ मा ७७ वटै जिल्लाका सभापति र उपसभापतिहरूको भेला आयोजना गर्ने भएको हो ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पोखरामा जिल्ला सभापति र उपसभापतिहरूको भेला आयोजना हुन गइरहेको जानकारी दिए । उनले जिल्लामा जिल्ला प्रशिक्षण शाखाको संयोजकको जिम्मेवारीमा रहेका एक जना उपसभापति र जिल्ला सभापतिलाई आमन्त्रण गरिएको पनि बताए । 

कांग्रेसमा दुई जना उपसभापति हुन्छन् । जसमध्ये एक जनाले जिल्ला प्रशिक्षण शाखाको संयोजन गरिरहेका हुन्छन् । कास्की सभापति बरालले भेलामा सहभागी सभापति र उपसभापतिहरूलाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण दिने पनि जानकारी दिए । 

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पोखरामा आयोजना हुन गइरहेको सभापति र उपसभापतिहरूको भेलामा इच्छुक केन्द्रीय सदस्यहरू पनि सहभागी हुने बताए । 

‘माघ २२ र २३ गते ७७ वटै जिल्लाका सभापति र एक जना उपसभापतिहरूलाई प्रशिक्षण दिन भेला हुँदै छ,’ उनले खबरहबसँग भने, ‘त्यहाँ केन्द्रीय सदस्यहरू पनि सहभागी हुन पाउनुहुन्छ । तर, अफिसियल्ली आमन्त्रण भने होइन ।’

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ४ : ०९ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको