पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित « Khabarhub

पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ ।

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालविरुद्ध २० रनको जित हासिल गरेको हो । 

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर मात्र १३७ रन मात्र जोड्न सफल भएको थियो ।

नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा ३ चौकासहित सर्वाधिक २८ रन बनाइन् भने विता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रन जोड्दा पूजा महतोले १४ बलमा समान दुई चौका र छक्कासहित २४ रनको योगदान गरेकी थिइन् । अन्य खेलाडीले भने दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।

उता, नेदरल्याण्डका लागि क्यारोलिन दी लेन्ज र इभा लिन्चले समान दुई विकेट, आइरिस ज्वीलिङ र फ्रेडेरिक ओभरडिकको नाममा समान एक विकेट लिएका थिइन् ।

यो जितसँगै नेदरल्यान्ड्सले अंकतालिकामा २ अंक जोडेको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ४ : ३२ बजे

लैनचौर दुर्घटनामा ज्यान गुमाउने पैदलयात्रु भारतीय नागरिक

काठमाडौँ– काठमाडौँको लैनचौरस्थित केशरमहलस्थित सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेको पैदलयात्रु

जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष