महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गर्न गृहमन्त्री र कानूनमन्त्रीसँग छलफल | Khabarhub Khabarhub

महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गर्न गृहमन्त्री र कानूनमन्त्रीसँग छलफल


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सत्तापक्ष र प्रतिपक्षमा रहेका विभिन्न चार दलका नेताहरूले महिला र दलित समुदायको प्रतिनिधित्व सुनिश्चितताका लागि गृहमन्त्री र कानूनमन्त्रीसँग छलफल गरेका छन् । 

एकीकृत निर्वाचन कानूनको मस्यौदा अन्तिम चरणमा पुग्न लागेपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का बहालवाला र पूर्व सांसदहरूले बिहीबार गृहमन्त्री रमेश लेखक र कानूनमन्त्री अजय चौरसियासँग छलफल गरेका हुन् । 

छलफलमा सहभागी कांग्रेसको प्रचार विभाग प्रमुखसमेत रहेका पूर्वमन्त्री मीन विश्वकर्माले चार वटै दलमा महिला र दलित समुदायबाट प्रतिनिधित्व गरिरहेका बहालवाला र पूर्व सांसदहरूले मन्त्रीद्वय लेखक र चौरसियासँग छलफल गरेको जानकारी दिए । 

‘एकीकृत निर्वाचन कानूनको मस्यौदा लगभग अन्तिम चरणमा पुगेकोले महिला र दलित समुदायको प्रतिनिधित्व सुनिश्चितताका लागि गृहमन्त्रीज्यू र कानूनमन्त्रीज्यूसँग महत्वपूर्ण छलफल भएको छ,’ उनले खबरहबसँग भने, ‘हामी चार दलका पूर्व र बहालवाला सांसदहरूले उहाँहरूसँग छलफल गरेका हौँ ।’

गृहमन्त्री लेखक र कानूनमन्त्री चौरसियासँग महिला र दलित समुदायको प्रतिनिधित्व सुनिश्चितताका लागि गरिएको छलफलमा बहालवाला र पूर्व सांसदसँगै दलित महिला संघकी संस्थापक अध्यक्ष दुर्गा सोव पनि सहभागी थिइन् । 

डेढ वर्षअघि २०८० असार १८ मा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको टोलीले निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदा गृह मन्त्रालयमा बुझाएको थियो । त्यसबेला नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए ।

श्रेष्ठको पालामा चार महिनासम्म उक्त विधेयकको मस्यौदा मन्त्रालयमै रोकिएको थियो । निर्वाचन आयोगले उक्त विधेयक मस्यौदा अघि बढाइदिन सरकारसँग निरन्तर आग्रह गर्दै आएको थियो । 

त्यसपछिका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा उक्त मस्यौदा अघि बढाएका थिए । मस्यौदा अहिले गृह मन्त्रालयबाट कानून मन्त्रालयमा पुगेको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ५ : ३३ बजे

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको

स्पेनिस ला लिगा : गिरोना र इस्प्यान्योलले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा गिरोना र इस्प्यान्योलले बराबरी खेलेका

ट्राफिक व्यवस्थापनमा सघाउँदै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक

आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न सकस

बागलुङ– विकट गाउँका विद्यार्थीलाई उच्च शिक्ष प्रदान गर्नका लागि स्थापना