हमासले ४८२ दिनपछि छाड्यो तीन इजरायली र पाँच थाई नागरिक « Khabarhub

हमासले ४८२ दिनपछि छाड्यो तीन इजरायली र पाँच थाई नागरिक


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

गाजा – प्यालेस्टाइनको विद्रोही समूह हमासले बिहीबार थप बन्दीलाई छाडेको छ । हमासले गाजा क्षेत्रमा आयोजित एक कार्यक्रमबीच इजरायलका तीन र थाइल्यान्डका पाँच नागरिकलाई छाडेको हो ।

हमासले ४८२ दिन आफ्नो कब्जामा राखेपछि इजरायलका २९ वर्षीया अर्बेल एह्युद, ८० वर्षीय गदी मोसेस र २० वर्षीय अगम बर्गेरलाई बिहीबार रिहा गरेको हो ।

उनीहरूसँगै ५ जना थाई नागरिकलाई पनि हमासले रिहा गरेको छ। एक भिडियोमा २९ वर्षीया अर्बेल एह्युदलाई हमासका लडाकुले डोर्‍याएर रेडक्रसको गाडीतिर लाँदै गरेको देखिएको छ । खुट्टा खोच्याइरहेकी उनलाई हमासका लडाकुले स-सम्मान गाडीतर्फ डोर्‍याएको भिडियो अहिले भाइरल भएको छ।

हमासले गाजा स्ट्रिपबाट अन्तर्राष्ट्रिय रेडक्रसलाई जिम्मा लगाइएका उनीहरूलाई इजरायली सेनाले हेलिकप्टरमा हालेर लगेको छ ।

यी बन्दीलाई रिहा गर्दा हमासका सयौँ लडाकु र प्यालेस्टाइनका नागरिक गाजा स्ट्रिपमा जम्मा भएका थिए ।

यता २०२३ अक्टोबर ७ मा उनीहरूसँगै लगिएका नेपाली युवा विपिन जोशीको अवस्था अझै एकीन भएको छैन । जेरूसेलम पोस्टले विपिनसहित अन्य विदेशी नागरिक हमासको कब्जामा रहेको बताए पनि यसको पुष्टि भएको छैन ।

हमासले विपिनसहितलाई कहिले रिहा गर्छ भन्ने कुरा पनि अझै एकीन भएको छैन । सम्भवत: रिहा गर्ने अर्को सूची सार्वजनिक हुँदा विपिन पर्न सक्ने विश्वास छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ६ : ०९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा