जनतासँग प्रत्यक्ष संवाद गर्न ‘हेल्लो धनराज’ सुरु « Khabarhub

जनतासँग प्रत्यक्ष संवाद गर्न ‘हेल्लो धनराज’ सुरु


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले जनतासँग प्रत्यक्ष संवाद गर्न ‘हेल्लो धनराज’को सुरुवात गरेका छन् ।

उनले जनतासँगको प्रतयक्ष संवादमार्फत् समस्या समाधानलाई प्रविधिमैत्री बनाउन बिहीबारदेखि ‘हेल्लो धनराज’को सुरुवात गरेका हुन् ।

गुरूङले जनताको आवाजलाई संस्थागत बनाउँदै ‘हेल्लो धनराज’ शुभारम्भ गरेको बताएका छन् । ‘संघीय संसद् सदस्य तथा नेपाली कांग्रेसको उपसभापति हैसियतले जनतासँग प्रत्यक्ष संवाद र समस्या समाधानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘हेल्लो धनराज’ गुनासो तथा सुझाव प्रणाली सञ्चालनमा ल्याएको छु,’ उनले भनेका छन् ।

उपसभापति गुरूङल जनताको गुनासो सुन्ने, सम्बोधन गर्ने र पारदर्शी रूपमा समाधान गर्न प्रतिबद्ध रहेको भन्दै ‘हेल्लो धनराज’मार्फत् आउने गुनासो तथा सुझावहरू व्यवस्थित रूपमा अभिलेखीकरण गरी कार्यान्वयनको प्रगति सार्वजनिक गरिने बताएका छन् ।

उनले प्रत्येक तीन महिनामा कार्यान्वयनको प्रगति प्रतिवेदन सार्वजनिक गरिने र गोपनीयता पूर्णरूपमा सुरक्षित राखेर निष्पक्ष समाधान सुनिश्चित गरिने दावी पनि गरेका छन् ।

उपसभापति गुरूङले समस्या वा सुझाव पठाउनका लागि आफूले प्रयोग गर्दै आएको फेसबुकमा ‘गुनासो तथा सुझाव फारम’को लिंक पनि राखेका छन् । ‘जनताको अपेक्षालाई सम्बोधन गर्दै, समृद्ध र उत्तरदायी लोकतन्त्रको निर्माणमा लागिरहने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ६ : २१ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार