आज २०८१ साल चैत १७ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल चैत १७ गते आइतबारको राशिफल


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत १७ गते आइतबार चैत शुक्ल पक्षको प्रतिपदा तिथि। ज्योतिष दिवस। तदनुसार सन् २०२५ मार्च ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रयास गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। व्यापारबाट फाइदा हुने दिन छ। राज्यको तर्फबाट सेवाका अवसर मिल्नेछन्। आफूभन्दा ठुला व्यक्तिले सम्मान गर्नेछन्। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।

मिथुन : तपाईंलाई आज आफ्नै बोलीका कारण पश्चाताप हुनेछ। आम्दानीका स्रोत बलिया छन्। विदेशमा गरेको लगानी भन्दा स्वदेशको लगानीबाट नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। आफन्तले भन्दा बाहिरका साथीले हरेक क्षेत्रमा सहयोग गर्नेछन्।

कर्कट : दिन राम्रो छ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। शेयर कारोबारमा सहभागी भए नाफा आर्जन हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानी वृद्धि हुनेछ।

सिंह : दिन सामान्य छ। हरेक क्षेत्रमा काम गर्दा सचेत बन्नुपर्नेछ। विरोधी सक्रिय भएकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्नेछ। परिवारको साथ र सहयोगमा अगाडि बढ्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : परिवारसँग रमाइलो घुमघाम हुनेछ। घर खुशीयाली प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। शिक्षाका क्षेत्रमा भने मिहिनेतको खाँचो देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको दुरुपयोग हुने जोखिम छ। विरोधी साथीसँग सचेत बन्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : स्वास्थ्यमा अचानक समस्या आइपर्ने जोखिम रहेको छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। अग्रजसँग नम्र भएर प्रस्तुत भएमा काम सहजै बन्नेछ।

धनु : सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। गुरुबाट असहयोग हुनाले हरेक क्षेत्रमा स्थिति अप्ठेरो पर्नसक्ने जोखिम छ। परिवारभित्रबाट भन्दा बारिहका साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्।

मकर : दिन सामान्य राम्रो छ। सहकार्य गरेर लगानी गरेमा फाइदा हुनेछ। एकल निर्णय व्यापारमा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यले साथ दिँदा मनमा सन्तोष मिले पनि मनमा खटपटी बढ्ने जोखिम छ।

कुम्भ : मनमा चिन्ता बढ्ने जोखिम छ। साथीभाइले साथ दिँदा सम्पत्ति कमाउने योग छ। व्यापारमा लगानीका लागि हिम्मत गर्नुपर्ने समय छ। गुरुबाट असहयोग हुँदा मन अशान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ।

मीन : दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। तपाईं आफ्नै बोलीको कारण अप्ठेरोमा पर्ने भएकाले सचेत बन्नुपर्नेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ५ : ०८ बजे

मधेसको मुख्यमन्त्री पदमा लोसपाका नेता सोनलको दाबी पेस

महेन्द्रनगर– मधेस प्रदेशको मुख्यमन्त्री पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)

राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट

शंकर पोखरेलको स्वीकारोक्ति : एमालेका अभियान प्रभावकारी भएनन्, सहरिया नवधनाढ्य र युवा पार्टीबाट टाढिए

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवालाई दुरुपयोग हुनबाट

सामुदायिक विकासमा सघाउँदै तनहुँ जलविद्युत् आयोजना

दमौली– तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु

चितवन– पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा