निःशुल्क स्वास्थ्य शिविरमा सात सय बिरामी लाभान्वित « Khabarhub

निःशुल्क स्वास्थ्य शिविरमा सात सय बिरामी लाभान्वित


१६ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका सात सय बिरामी लाभान्वित भएका छन् ।

रोटरी क्लब अफ रामपुर र रोट्रर्‍याक्ट क्लब सेन्ट्रलको आयोजना तथा रामपुर नगरपालिकाको संयोजनमा भएको बृहत् शिविरमा मुटु तथा मिर्गौला रोग विशेषज्ञबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसीसहितको ६५ जना स्वास्थ्यकर्मीको टोलीले मुटु, मिर्गौला जाँच गरी बिरामीलाई निःशुल्क औषधि प्रदान गरेको थियो ।

शिविरमा मधुमेह, रक्तचापलगायत अन्य रोगको पनि परीक्षण भएको थियो । 

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ६ : ५५ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण