वासन्ती नवरात्र प्रारम्भ, मिथिला क्षेत्र पर्वमय « Khabarhub

वासन्ती नवरात्र प्रारम्भ, मिथिला क्षेत्र पर्वमय


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मधेशको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष सुरु भएसँगै पर्वमय बनेको छ । आइतबार चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवरात्र प्रारम्भ भएको छ । यसैभित्र चैतीछठ मनाइने हिन्दू मैथिल परम्परा छ । यसपालि वासन्ती नवरात्रभित्रै इस्लाम धमावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा यहाँको परिवेश पर्वमय बनेको हो ।
 
हिन्दू परम्पराका मैथिल अहिले वासन्ती नवरात्रको तयारीमा छन् । चैत शुक्ल प्रतिपदासँगै सुरु हुने वासन्ती नवरात्रका अवसरमा मधेशका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा यस दिन घटस्थापना गरिँदै छ ।

चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन मनाइने वासन्ती नवरात्रमा दिनैपिच्छे नवदुर्गाको पूजाआराधनाको मैथिल परम्परा छ । हिन्दू परम्परामा वर्षको दुईपटक नवरात्र मनाइन्छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको शारदीय नवरात्र र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मको लाई वासन्ती नवरात्र भनिन्छ । दुवै नवरात्रमा समान विधिले नवदुर्गा भवानीको आराधना गरिन्छ ।

शारदीय नवरात्रपछि दशमीदेखि पूर्णिमासम्म मान्यजनबाट टीका थाप्ने चलन भने वासन्ती नवरात्रमा छैन । नवरात्रको पहिलो दिन नयाँ माटाका घडामा पूर्णकलश स्थापना गरेर नवदुर्गाको आराधनासँगै चण्डी पाठको परम्परा छ । यी नौ दिनमा देवी दुर्गाका नौ रुप क्रमशः शैलपत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ ।

नवरात्रको प्रारम्भसँगै मिथिलाका देवी शक्तिपीठमा देवीका भजन गुञ्जन थालेका छन् । महोत्तरीका बर्दिबासस्थित पञ्चधुरा माई मन्दिर, औरहीको भोइलस्थित सोनामाई मन्दिर र जलेश्वरस्थित राजदेवी माई मन्दिरमा वासन्ती नवरात्रका अवसरमा विशेष पूजाआराधनाको तयारी छ । जलेश्वरनाथ महादेव मन्दिर परिसरस्थित त्रिशूली देवीको मन्दिर पनि आजदेखि सर्वसाधारणको दर्शनका लागि खुला गरिने छ । त्रिशूलीदेवीको मन्दिर शारदीय र वासन्ती दुवै नवरात्र अवधिभरिमात्र सर्वसाधारणको दर्शनका लागि खोलिने परम्परा छ ।

मिथिलामा वासन्ती नवरात्रभित्रै बोलीचालीमा चैतीछठ भनिने वासन्ती छठको पनि तयारी छ । मैथिल हिन्दू परम्परामा छठ पनि शारदीय र वासन्ती गरी दुईपटक मनाइन्छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्मको तिथिलाई शारदीय र चैत शुक्ल चौथीदेखि सप्तमीसम्मलाई वासन्ती छठ भनिन्छ । यसपालि यसै नवरात्रभित्र इस्लाम धर्मावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा मिथिला क्षेत्र अहिले पर्वमय बनेको छ ।  

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : १३ बजे

विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत बुधबार राति भएको

दिपेन्द्रले पाकिस्तान सुपर लिग खेल्ने : इलामावाद युनाइटेडमा ६० लाखमा अनुबन्ध

काठमाडौं – नेपाली क्रिकेट टिमका उपकप्तान अलराउन्डर दिपेन्द्रसिंह ऐरीले पाकिस्तान

निर्वाचन २१ दिन बाँकीः यी हुन् नागरिक शिक्षा प्रवर्द्धनका स्रोत सामग्री

काठमाडौं – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ २९ गते बिहीबार फागुन