रुसमा युक्रेनको ड्रोन आक्रमण « Khabarhub

रुसमा युक्रेनको ड्रोन आक्रमण


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

युक्रेन – सीमाको एउटा भागमा ठुलो क्षति सही रहेको युक्रेनले रुसलाई सीमाको अर्को भागमा आक्रमण गरेको छ।

युक्रेनी सीमाबाट १५० किलोमिटर टाढा रहेको बेलगोरोड प्रान्तमा युक्रेनले लामो दुरीको ड्रोन आक्रमण गरेको छ। त्यस क्षेत्रका गभर्नरले सो कुरा बताए पनि युक्रेनी अधिकारीले पनि अझै पुष्टि गर्न सकेका छैनन्।

कस्कमा लगातार दुई वटा हारपछि युक्रेनले बेलगोरोडमा निसाना बनाएको हो। गत अगस्टमा एक हजार वर्ग किलोमिटर रुसी भूमि कब्जामा युक्रेनी सेनालाई हालै उत्तर कोरियाली सेनाको सहयोगमा रुसले सीमासम्म लखेटेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्ध विरामको प्रयास भइरहेपछि दुवै देश हजार वर्ग किलोमिटर कब्जामा लिन कसरत गरिरहेका छन्।

यसअघि डिनिप्रो र क्रिभि रिमा आक्रमण सहेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रातारात अमेरिकी राष्ट्रपतिसँग सहयोग माग गरेका थिए।

शनिबार खार्किभमा भएको आक्रमणमा घाइते भएका युक्रेनी जनरल लगायत धेरै सैन्य अधिकारीको शनिबार नै सैन्य अस्पतालमा उपचार भएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : ५४ बजे

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा