प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख देवराज घिमिरे र संसद्‍का मुख्य दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ।

बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराए ।

उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री ओली र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको पनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले आइतबार नै बस्ने गरी सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले जानकारी दिएका छन् ।

सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरिरहेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।

बैठकमा सभामुखले शुक्रबार दुईजनाको ज्यान जाने गरी भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा‍ छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए ।

उनले राजावादीका नाममा भएको हिंश्रक र अराजक गतिविधिसहितको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन अपिल गरे।

अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनले बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १२ : १६ बजे

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व आज चौथो

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौं – ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण