प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख देवराज घिमिरे र संसद्‍का मुख्य दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ।

बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराए ।

उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री ओली र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको पनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले आइतबार नै बस्ने गरी सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले जानकारी दिएका छन् ।

सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरिरहेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।

बैठकमा सभामुखले शुक्रबार दुईजनाको ज्यान जाने गरी भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा‍ छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए ।

उनले राजावादीका नाममा भएको हिंश्रक र अराजक गतिविधिसहितको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन अपिल गरे।

अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनले बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १२ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै