कुलमानको रिट ‘हेर्न नभ्याइने’ « Khabarhub

कुलमानको रिट ‘हेर्न नभ्याइने’


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक पदबाट गत सोमबार बर्खास्त कुलमान घिसिङको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ।

सुनुवाइका लागि रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह र शारङ्गा सुवेदीको इजलासमा तोकिए पनि ‘हेर्न नभ्याइने’मा राखिएको हो ।

यस रिटमा शुक्रबार प्राम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो। न्यायाधीश अव्दुलअजिज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो।

तर उक्त इजलासले अन्तरिम आदेश नदिएपछि नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यालई काम गर्ने बाटो खुलेको थियो ।

शुक्रबार सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई आइतबार बोलाएर छलफल गर्ने भनेको थियो ।

कुलमानलाई गत सोमबारको मन्त्रिपरिषद् बैठकले प्राधिकरणबाट बर्खास्त गरेर हितेन्द्रदेवलाई नियुक्त गरेको थियो । त्यसविरुद्ध कुलमान सर्वोच्च गएका थिए ।

कुलमानले आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन मानेन ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १२ : ५४ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग