केन्द्रमा भन्दा गण्डकीमा थप ४ दिन सरकारी बिदा   « Khabarhub

केन्द्रमा भन्दा गण्डकीमा थप ४ दिन सरकारी बिदा  


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८२ मा नेपाल सरकारले निर्णय गरेका बाहेक थप ४ दिन बिदा दिने भएको छ । 

प्रदेशको चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले ४ दिने बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकालले जानकारी दिए । 

सरकारले उक्त निर्णय राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । उपसचिव ढकालका अनुसार भानु जयन्तीका दिन असार २९ गते आइतबार, कोजाग्रत पूर्णिमाका दिन असोज २० गते सोमबार, गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते बिहीबार र चैते दशैं २०८२ साल चैत १२ गते बिहीबार गरी ४ दिन बिदा दिने निर्णय भएको छ । 

गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा लागु हुने उपसचिव ढकाले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । 

प्रदेश सरकारीले यो वर्ष मंसिर २२ गते प्रदेश स्थापना दिवस मनाउँदा अघिल्लो दिन मात्र बिदाको निर्णय गरेको छ । अघिल्ला वर्षहरूमा प्रदेश सभा र प्रदेश स्थापना दिवस अलग मनाउँदा फागुन ४ गते सरकारले बिदा दिने गरेको थियो । 

प्रदेश सरकारले ६ दिन थप बिदाको निर्णय गर्न पाउने प्रावधान छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : ३२ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको