रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्किने « Khabarhub

रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्किने


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबारबाट आफ्नो जिम्मेवारीमा फर्किने भएका छन् । भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन् ।

सभापतिबाट निलम्बन गरेर कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याल अहिले कार्यवाहक सभापतिमा छन् ।

लामिछानेको मुद्दा अहिले पनि अदालतमा विचाराधिन र सांसद पद निलम्बनमा छ। तर भोलिबाट हुने पार्टीको जिम्मेवारीमा फर्किने निर्णय भएको पार्टी प्रवक्ता मनिषा झाको भनाइ छ ।

झाका अनुसार भोलि बस्ने केन्द्रीय समितिको बैठकमा पहिलो अध्यक्षता पार्टी कार्यभार सभापति अर्यालले गर्ने र धन्यवाद ज्ञापन गरेपछि दोस्रो बैठकमा लामिछानेले सभापतित्व गर्नेछन् । रास्वपा सह प्रवक्ता प्रतिभा रावलले खबरहबलाई भनिन्, ‘भोलिबाट सभापति नियमित काममा फर्कनु हुन्छ । यो हामी सबैले सल्लाह गरेर लिएको निर्णय हो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : ३५ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको