तीनकुने घटनाका दोषीलाई कारबाहीको माग | Khabarhub Khabarhub

तीनकुने घटनाका दोषीलाई कारबाहीको माग


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव अधिकार तथा शान्ति समाजले शुक्रबार तीनकुनेमा भएको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । 

समाजका संस्थापक सभापति कृष्ण पहाडी र सभापति रेनुका पौडेलले यही चैत १५ गते समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वराजा समर्थित प्रदर्शनकारीले मच्चाएको लुटपाट, तोडफोड र आगजनीका दोषीलाई कारबाहीको माग गरिएको हो । 

नेपालको संविधान लागू भएको एक दशक बित्न लागेको सन्दर्भमा संविधानका कमी कमजोरीबारे पुनरावलोकन स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै पहाडीले अबको संशोधनमा जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारा प्रस्तावनामा नै समावेश हुनुपर्नेमा जोड दिए । 

नागरिक सर्वोच्चता र स्वतन्त्रता नै लोकतन्त्रको प्राण भएको हुँदा नेपालमा अब राजतन्त्रको पुनः स्थापना असम्भव भएको उल्लेख गर्दै पहाडीले राजतन्त्र पुनः स्थापनाको माग गर्ने सभ्यता र स्वतन्त्रताविरोधी भएको बताए । 

विगत १७ वर्षदेखि जलवायु न्यायका लागि अभियान सञ्चालन गर्दै आएको समाजले जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामा नै समावेश गर्न आग्रहसहित आज जलवायु संवाद कार्यक्रमसमेत सम्पन्न गरेको छ । 

जलवायु न्याय केन्द्रित विशेष अभियानअन्तर्गत समाजको केन्द्रीय कार्यालयस्थित सभाकक्ष बागमती नगरमा जीवनचक्र परिस्थिति सन्तुलन एवं अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामा समावेश गर्न आग्रह विषयक जलवायु संवाद कार्यक्रम गरेको हो ।  

कार्यक्रममा समाजका सभापति रेनुका पौडेल, वन तथा वातावरण मन्त्रालयका पूर्वसचिव तथा जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीसम्बन्धी अन्तरसरकारी मञ्चका उपाध्यक्ष डा विश्वनाथ ओली, जलवायु तथा प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ सन्तोषमणि नेपाल, नीति, कानुन तथा योजनाविद् प्रताप पौडेल,  समाजका सल्लाहकार तथा पूर्वसभापति रामकृष्ण बराल, पूर्वसभापतिहरू होमकान्त चौलागाईँ र डा गङ्गाधर अधिकारीलगायतले जलवायु परिवर्तनजस्ता महत्त्वपूर्ण विषयमा सबै दलको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।
  
समाजले सुरु गरेको जलवायु न्याय केन्द्रित विशेष अभियानका क्रममा आज समाजका अछाम, तेह्रथुम, रुपन्देही, सल्यान, चितवन, सुर्खेत, इलामलगायतका शाखाले जलवायु संवाद कार्यक्रम सम्पन्न गरेको उपनिर्देशक सरिता पौडेलले जानकारी दिए  ।
 

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ४ : १४ बजे

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

झापा: शिवसताक्षी नगरपालिका–१० को कार्यालयलगायत सार्वजनिक प्रयोजनमा रहेको जग्गा भूमाफियाले

कोल्ड स्टोर सञ्चालनमा नआउँदा बैतडीका किसान मर्कामा

दशरथचन्द– बैतडीमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा किसान मर्कामा परेका

ले पेनमाथिको प्रतिबन्धले लाखौँ मानिसलाई अधिकारबाट वञ्चित गर्छ : इटालियन प्रधानमन्त्री

रोम- इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले मङ्गलबार फ्रान्सेली अति दक्षिणपन्थी नेता

मधेस प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण

महेन्द्रनगर– मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाबाट पारित भई

मंगलबार घट्यो सेयर बजार

काठमाडौं– मंगलबार सेयर बजार घटेको छ ।  जसअनुसार मंगलबार सेयर बजार