विश्व शान्तिका लागि चरिकोटमा १० दिने पूजा सुरु « Khabarhub

विश्व शान्तिका लागि चरिकोटमा १० दिने पूजा सुरु


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको सदरमुकाम चरीकोट टुँडिखेलमा १० दिने विश्व शान्ति पूजा सुरु भएको छ । आइतबार प्रमुख गुरु खेन्पो साङग्ये राङज्युङ रिन्पोछेबाट १८ औँ १० करोड बज्रगुरु मन्त्र जप तथा विश्व शान्ति पूजाको उद्घाटन गरिएको प्रमुख गुरु खेन्पो पेम छिरीले बताए । 

उनका अनुसार उद्घाटनपछि गुरु रिग्जिनदुपा बाट परम्परागतबाट बज्रगरुको अभिषेक गरिएको थियो । 

दोश्रो र तेश्रो दिन विश्व शान्ति पूजामा प्रधानाध्यापक मङगल द्धिप विद्यालयका डा. कर्मा साङपोले गुरु रिन्पोछेको जीवनी तथा हिमाली भेगमा गुरु पद्म सम्भवको योगथदान र आधुनिक परिवेशमा बौद्ध धर्मको र समय एवम् विपश्यना ध्यानको विषयमा प्रवचन दिने कार्यक्रम रहेको छ । 

शान्ति पूजाको चौथो र पाँचौँ दिन वागेन्द्रशील नन्दप्रसाद तिमिल्सिनाबाट चार आर्यसत्यको व्याख्यान र विशेष गरी हाम्रो जीवनमा कर्मको भूमिका के छ ? भन्ने बारेमा र प्रतित्य समुत्पादद्रारा शून्यताको व्याख्यानबारे शिक्षण दिने छन् । 

त्यसैगरी पूजाको छैठौँ दिन ग्येशे युक्तेन जिन्पाबाट गुरुको भूमिका र चेलाको कर्तव्यबारे, सातौँ दिन खेन्पो छिरिङबाट त्रियानाको भिन्नता, आठौँ दिन खेन्पो शिर लामा गुरुङबाट आस्तिक रनास्तिक, नवौँ दिन गुरु लामा येशे साङपो रिन्पोछेबाट वज्र नृत्य गुरु पद्मसम्भवका आठ लीला र आठ शुभनाम शिक्षण र दशौँ दिन आयुष अभिषेक गरी सम्पन्न हुने आयोजकले जानकारी दिएका छन् । 

कार्यक्रममा लामा गुरु आठ सय र साधक तीन हजारको सहभागिता रहेको छ । आयोजकबाट व्यहोर्ने गरी दुई करोड ३५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । 

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभा सदस्य भरत केसी,पूर्व मन्त्रीहरू पर्वत गुरुङ, कांग्रेस केन्द्रिय सदस्य जिपछिरिङ लामा, पूर्व प्रदेश मन्त्री विशाल खड्का लगायतको उपस्थिति रहेको थियो । -सुबास बस्नेत

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ५ : ०९ बजे

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम