आईसीसीको वारेन्टका बाबजुद इजरायलका नेतान्याहूले हङ्गेरीको भ्रमण गर्ने « Khabarhub

आईसीसीको वारेन्टका बाबजुद इजरायलका नेतान्याहूले हङ्गेरीको भ्रमण गर्ने


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा भएको कथित युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको पक्राउ पूर्जीको अवज्ञा गर्दै आगामी अप्रिल २ मा हङ्गेरीको भ्रमण गर्ने भएका छन् । 

भ्रमणका क्रममा नेतन्याहूले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान र हङ्गेरीका अन्य वरिष्ठ अधिकारीसँग वार्ता गर्ने कार्यक्रम छ ।

गत वर्ष आइसिसीले पक्राउ पुर्जी जारी गरे पनि ओर्बानले नेतन्याहूलाई निमन्त्रणा दिएका थिए । 

आइसिसीको निर्णयको एक दिनपछि गत नोभेम्बरमा नेतन्याहूले निमन्त्रणा दिने ‘नैतिक स्पष्टता’ देखाएकोमा ओर्बानलाई धन्यवाद दिएका थिए । 

हङ्गेरीका प्रधानमन्त्री नेतन्याहूले आइसिसीको निर्णयलाई ‘लज्जास्पद’ कदम भन्दै निन्दा गरेको ओर्बानको पत्र नेतन्याहूको कार्यालयले सार्वजनिक गरेको थियो । 

गाजामा हमासविरुद्ध इजरायलको युद्धमा मानवताविरुद्धको अपराध र भोकमरीलगायत युद्ध अपराध गरेको आरोपमा आइसिसीले नेतन्याहू र पूर्व रक्षामन्त्री योआभ ग्यालेन्टविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले इजरायलविरुद्ध गरेको आक्रमणपछि यो युद्ध सुरु भएको थियो ।
 
हङ्गेरीले सन् १९९९ मा आइसिसीको स्थापना गर्ने अन्तर्राष्ट्रिय सन्धि रोम विधानमा हस्ताक्षर गरेको थियो र त्यसको दुई वर्षपछि ओर्बानको पहिलो कार्यकालमा यसलाई अनुमोदन गरेको थियो ।

बुडापेस्टले संवैधानिकताको कारण देखाउँदै सम्बन्धित महासन्धि जारी गरेको छैन र आईसीसीको निर्णयहरू पालना गर्न बाध्य छैन ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ५ : २५ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान