दुई वटा सुधारगृह बन्द गर्न निर्देशन | Khabarhub Khabarhub

दुई वटा सुधारगृह बन्द गर्न निर्देशन


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा रहेका दुई वटा सुधारगृहलाई स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुगमनका क्रममा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर गृह मन्त्रालयसँगको अबद्धता नभएका ती गृहलाई बन्द गर्न निर्देशन दिइएको हो ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार भरतपुर महानगरपालिका–४ मा सञ्चालनमा रहेको मिरा सुधारगृह र सिसाको सुधारगृहलाई बन्द गर्न निर्देशन दिइएको हो । 

ती गृहले गृह मन्त्रालयसँगको आबद्धता लिएपछि पुनः सञ्चालन गर्न पाउने उनले बताए । 

उनका अनुसार कार्यालयले जिल्लाका सुधारगृह, पुनः स्थापना केन्द्र र रिकोभरी सेन्टर गरी ११ वटामा अनुगमनसमेत गरेको छ ।

सो क्रममा अधिकांश यस्ता संस्थाले मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएको उनले बताए । गृह मन्त्रालयबाट आबद्धता लिएर सञ्चालनमा आएका १५ वटा संस्था जिल्लामा भए पनि पछिल्लो समय योभन्दा बढी भएको पाइएको उनले बताए । 

उनका अनुसार सानो कोठामा धेरै व्यक्ति राखेको, मनोपरामर्श चिकित्सकको सुविधा नभएको, लागूऔषध प्रयोगकर्तालाई परामर्श गर्नुपर्नेमा नगरेको पाइएको छ ।

लागूऔषध प्रयोगकर्ता एक किसिमका बिरामी नै भएकाले राखिएको व्यक्ति सुध्रिएर आउने वातावरणसमेत यस्ता केन्द्रहरूमा नरहेको गौतमको भनाइ छ । 

उनले भने, ‘अनुगमन गरिएका सुधार केन्द्रमा राखिएका व्यक्तिहरूलाई मानवीय व्यवहारसमेत नभएको पाएका छौँ ।’

केन्द्रहरुको भौतिक पूर्वाधार मापदण्डअनुसार नभएको, बिरामीले खाने खानाको साप्ताहिक तालिका नबनाइएको, सेवा बडापत्र नराखिएकोजस्ता समस्या देखिएकाले सुधारका लागि एक साताको समय दिइएको उनले जानकारी दिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार अनुमति नलिई सञ्चालनमा आएका र मापदण्डअनुसार नभएका यस्ता केन्द्रहरूलाई बन्द गरिनेछ । 

पहिलो चरणमा गरिएको अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका र अनुमति नलिएकालाई बन्द गरिएको हो । उनले भने, ‘राज्यसँग यो सुविधा दिन्छु भन्ने तर सेवा दिँदा सर्त पूरा नगरेका सबै बन्द गरेर मापदण्ड पूरा गर्न लगाउँछौँ ।’

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ५ : ३२ बजे

कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माण कार्यको निरीक्षण अब शहरी विकास मन्त्रालयबाटै  

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन क्रिकेट स्टेडियमको सिंहदरबारस्थित

हिउँदे अधिवेशनबाट पाँच विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशनबाट विभिन्न पाँच विधेयक पारित भएका

एमाले कार्यवाहक अध्यक्षमा पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष

पोखरामा कृषकबीच कृषिसम्बन्धी हाजिरीजवाफ

गण्डकी– कृषकको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि पोखरा महानगरपालिका

तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो

काठमाडौं– गत १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका