रवीन्द्र मिश्रलाई हतकडी लगाएरै लगियो अदालत (तस्बिरहरू) « Khabarhub

रवीन्द्र मिश्रलाई हतकडी लगाएरै लगियो अदालत (तस्बिरहरू)


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसलाई अदालत लगिएको छ ।

उनलाई हतकडी लगाएरै म्याद थपन सरकारी वकिलकाे कार्यलय हुँदै जिल्ला अदालत काठमाडौंमा लगिएको हो ।

थुनुवाको पोशाकमा रहेका मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी र सन्तोष राजावादीलगायतलाई हतकडी लगाएर लगिएको हो ।

गत शुक्रबार काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकामाथि मुद्दा चलाउने गरी म्याद लिन अदालत लगिएको हो ।

शुक्रबार राति पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई अदालतमा उपस्थित गराएर मुद्दा चलाउन लागिएको हो । दुवैजनामाथि राज्यविरुद्ध अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई पनि म्याद थपका लागि अदालत लगिएको छ ।

मिश्र, राणा र स्वागत नेपाल गत शुक्रबार राति पक्राउ परेका थिए । तीनकुनेमा प्रहरीमाथि ढुंगा हान्न खटिएका कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका हुन् । उनी इमाडोलस्थित निवासबाटै समातिएका थिए । तीनकुनेबाट भागेका दुर्गा प्रसाईं सुरूमा उनकै घरमा पुगेका थिए । त्यहाँबाट उनी भूमिगत भइसकेका छन् ।


प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ५ : ३२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्