भाटभटेनीमा गाजल, लिपस्टिकदेखि मदिरासमेत लुट्ने ९ जना पक्राउ, को को हुन् ? « Khabarhub

भाटभटेनीमा गाजल, लिपस्टिकदेखि मदिरासमेत लुट्ने ९ जना पक्राउ, को को हुन् ?

मदिरा लुट्ने भारतीय नागरिक रहेको खुलासा


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले यही शुक्रबार भएको राजावादी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गर्ने ९ जनालाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भाटभटेनीमा लुटपाट गर्नेमध्ये ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । कार्यालयले पक्राउ परेका सबैको विवरण पनि सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार ब्ल्याक लेबल र ज्याक डेनियल रक्सी लुटेका धनुषाका आशिष तामाङ, बियर लुटेका सर्लाहीको प्रेमकुमार महतो, यार्चागुम्बा ब्राण्डको मदिरा लुटेका भारतका रविरञ्जन कुमार पक्राउ परेका छन् ।

उता हाफ पाइन्ट र ट्राउजर लुटेर भागेकी नुवाकोटकी सुशील कुमाल पनि पक्राउ परेकी छन् ।

त्यस्तै, ट्रे र क्यारेट लुटेर लगेकी सुनसरीकी एलिसा राई, क्यारेट लुटमा संलग्न कोटेश्वरकै बालकुमारी कार्की पनि समातिएकी छन् ।

फलफूल लुटमा संलग्न सिन्धुपाल्चोककी निर्मला कार्की पनि पक्राउ परेकी छन् ।

उता भाटभटेनीको भुइँतलास्थित स्टोरबाट लिपिस्टिक र गाजल लुटेर लैजाने कोटेश्वरकै चित्रमाया बस्नेत र सुस्मिता बराललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ५ : ५१ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक