राजतन्त्र पुनर्स्थापनाको अभियान नयाँ ढङ्गबाट अघि बढ्छ : कमल थापा « Khabarhub

राजतन्त्र पुनर्स्थापनाको अभियान नयाँ ढङ्गबाट अघि बढ्छ : कमल थापा


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले तिनकुने घटनाको सबै पक्षलाई विश्लेषण गर्दा गणतन्त्र पक्षधरले सुनियोजित ढङ्गबाट परिस्थितिलाई उत्तेजित र अराजक बनाउने र राजा, हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको बिचारलाई बदनाम गर्न खोजेको बताएका छन् ।

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले यो घटनाक्रमबाट कोहि पनि बिचलित नहुन सम्पुर्ण राष्ट्रबादी ,राजाबादी र हिन्दुराष्ट्र पक्षधरलाई आह्वान समेत गरेका छन् । थापाले भने, ‘केही समय पछि गोयबल्स शैलिमा गरिरहेको सुनियोजित प्रोपोगन्डाको तुवाँलो हट्नेछ।’

हिन्दुराष्ट्र, राजा सहितको प्रजातन्त्रको पुनर्स्थापनाको अभियान नयाँ ढङ्गबाट अघि बढ्ने समेत थापाले स्पष्ट पारे । तिनकुने घटनाको आपरणमा भ्रष्ट शासन र भ्रष्ट व्यवस्थालाई निरन्तरता दिईरहन खोज्ने योजना सफल हुन नदिने बताए ।

नयाँ शिराबाट हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको आन्दोलन अघि बढ्ने भन्दै राजनीतिक शक्ति र राजनीतिक नेतृत्वले जिम्मेवारी र पहलकदमी लिनुपर्नेमा थापाको जोड थियो । कार्यक्रममामा काठमाडौं(१४ का विभिन्न ब्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ८ : ३१ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण