भाटभटेनीबाट स्याउ र सुन्तला बोकेर हिँडेका व्यक्ति पनि पक्राउ « Khabarhub

भाटभटेनीबाट स्याउ र सुन्तला बोकेर हिँडेका व्यक्ति पनि पक्राउ


१६ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले यही शुक्रबार भएको राजावादी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गर्ने केहीलाई पक्राउ गरेको जनाएको छ ।

यही क्रममा भाटभटेनीबाट तीन दाना स्याउ र सुन्तला लिएर भाग्ने व्यक्ति पनि पक्राउ परेका छन् । सामाजिक सञ्जालमा भाइरल भिडियोका आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो । उनको नाम र ठेगाना भने प्रहरीले खुलाएको छैन् । सार्वजनिक भिडियोमा ती व्यक्तिले तीन/चार दाना सुन्तला र स्याउ खल्तीमा राखेर भाग्दै गरेको देखिन्छ ।

यस्तै ब्ल्याक लेबल र ज्याक डेनियल रक्सी लुटेका धनुषाका आशिष तामाङ, बियर लुटेका सर्लाहीको प्रेमकुमार महतो, यार्चागुम्बा ब्राण्डको मदिरा लुटेका भारतका रविरञ्जन कुमार पक्राउ परेका छन् ।

उता हाफ पाइन्ट र ट्राउजर लुटेर भागेकी नुवाकोटकी सुशील कुमाल पनि पक्राउ परेकी छन् ।

त्यस्तै, ट्रे र क्यारेट लुटेर लगेकी सुनसरीकी एलिसा राई, क्यारेट लुटमा संलग्न कोटेश्वरकै बालकुमारी कार्की पनि समातिएकी छन् ।

फलफूल लुटमा संलग्न सिन्धुपाल्चोककी निर्मला कार्की पनि पक्राउ परेकी छन् । उता भाटभटेनीको भुइँतलास्थित स्टोरबाट लिपिस्टिक र गाजल लुटेर लैजाने कोटेश्वरकै चित्रमाया बस्नेत र सुस्मिता बराललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  १० : ५२ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ