ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा « Khabarhub

ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका– ६ वडा कार्यालयले वाडका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ ।

वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरूलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको हो ।

यात्रामा  ९० वर्षीया गोमा पौडेललगायत ज्येष्ठ नागरिक सहभागी थिए ।  वडाले आफूहरूका लागी तीर्थयात्राको व्यवस्था गरेकोमा ७२ वर्षीय धाचाबहादुर रास्कोटीले आभार व्यक्त गरे ।

चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत तीन लाख खर्चेर तीर्थयात्रा गराइएको हो । यात्रामा ४६ जना ज्येष्ठ नागरिक, जनप्रतिनिधि, कर्मचारी गरी ६५ जना सहभागी थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : ५४ बजे

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर